बिर्तामोड । 

बिर्तामोड उद्योग बाणिज्य संघ अन्तरगतको महिला उद्यमी संघले शुभ दीपावली, म्हपूजा र छठ पर्वको अवसर पारेर दाजुभाईलाई सम्मान गरेको छ । समुहले झापाको बिर्तामोडमा आज (सोमवार)  शुभकामना आदान–प्रदानसहित दाजुभाईलाई सम्मान गरेको हो । 

samuha

कार्यक्रममा सहभागी ७० जना बढी दाजुभाईलाई महिला दिदीबहिनीले टीका, माला र टोपी लगाएर सम्मान गरेका हुन् । महिला उद्यमी समूहकी अध्यक्ष राधिका चुडालको अध्यक्षतामा भएको कार्यक्रममा संविधान सभा सदस्य सुधिरकुमार शिवाकोटी प्रमुख आतिथ्य रहेको थियो । 

समुहकी वरिष्ठ उपाध्यक्ष कामना उप्रेतीले स्वागत गरेको कार्यक्रमको औचित्यमाथि प्रकाश संयोजक तिलोत्तमा खत्रीले पारेकी थिइन् ।  

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका सदस्य उमेश डालमिया, बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपाने, अधिवक्ता लक्ष्मी खनाल कोइराला, विर्तामोड–५ का कार्यवाहक अध्यक्ष ओमभक्त सेडाई, बिर्तामोड–६ का वडाध्यक्ष सुर्यप्रसाद कन्दङवा, लगायतले शुभकामना मन्तव्य राखेका थिए ।  

यसैगरी कार्यक्रममा झापा गोल्ड कपका अध्यक्ष विनोद बस्नेत, नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश सदस्य प्रकाश शिवाकोटी, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक गणेश पौडेल, बिर्तामोड खानेपानीका अध्यक्ष मेघराज बास्तोला, अलैचीं ब्यवासयी महासंघका केन्द्रिय अध्यक्ष निर्मल भट्टराईलगायतको आतिथ्य रहेको थियो । 

कार्यक्रममा सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुत गरिएको थियो । कार्यक्रमको सञ्चालन समुहकी महासचिव लीला अनमोलले गरेकी थिइन् ।