चारपाने । 

नेपाल दशनामी समाज बिर्तामोड नगर समितिको पदहस्तान्तरण गरिएको छ । समाजको गत जेठ ६ गते भएको बिशेष अधिवेशनबाट निर्वाचित कार्य समितिलाई आज (आइतवार) बिर्तामोड–२ चारपानेस्थित पर्शुराम पार्टी प्यालेसमा प्रमाणपत्र बितरणसहित पदहस्तान्तरण गरिएको हो ।  

निर्वाचन समितिका संयोजक उमेश भारतीको अध्यक्षतामा भएको कार्यक्रममा समाजका कोशी प्रदेश सल्लाहकार संयोजक चन्द्रप्रसाद गिरीको प्रमुख आतिथ्य रहेको थियो । निर्वाचन कार्य समितिलाई प्रमुख अतिथि चन्द्रप्रसाद, निर्वाचन समितिका संयोजक उमेश भारती, निर्वाचन समिति सदस्य बालकृष्ण गिरी, शंकर गिरी, नगरका निवर्तमान अध्यक्ष अर्जुन गिरीले प्रमाणपत्र बितरण गरेका थिए । 

स्वागत निवर्तमान नगर अध्यक्ष अर्जुन गिरीले गरेको कार्यक्रममा समाजका प्रदेश सल्लाहकार संयोजक चन्द्रप्रसाद गिरी, नगरका निवर्तमान जेष्ठ सदस्य घनश्याम गिरीले शुभकामना मन्तव्य राखेका थिए । 

कार्यक्रममा नगरका अध्यक्ष खड्गराज गिरी, बरिष्ठ उपाध्यक्ष खेमराज गिरीले नगरमा रहेका बन्धुहरुलाई एकीकृत गर्दै अग्रज बन्धुहरुसँग सल्लाहसुझाव लिएर अघि वढ्ने प्रतिवद्धता ब्यक्त गरेका छन् । कार्यक्रमको सञ्चालन नगरका निवर्तमान सचिव उद्धव पुरी र सचिव प्रजित पुरीले गरेका थिए । 

नगर समितिले यस बर्ष आउँदै गरेको तिहारको अवसर पारेर नगरका बन्धुहरुको घरमा देउसीभैलो खल्ने निर्णयसमेत गरेको छ भने स्थापित अक्षयकोषका बिषयमा समेत छलफल गरेको थियो ।