बिर्तामोड । 

झापाको बिर्तामोड–४ स्थित एक किलोमिटरमा सोफा होलसेल  बिर्तामोड सञ्चालनमा आएको छ । युवा ब्यवसायी विमल आलेमगर र ध्रुव काप्रीले सञ्चालनमा ल्याएको सोफा होलसेलको आज (आइतवार) बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष राजु न्यौपानेले उद्घाटन गरेका छन् । 

sofa

काठमाडौंमा फ्याक्ट्री तथा मुख्य कार्यालय रहेको सोफा होलसेलले दीपावलीको अवसर पारेर तेस्रो शाखाका रुपमा बिर्तामोडमा सञ्चालनमा ल्याएको सञ्चालक विमलले जानकारी दिए । उनका अनुसार काठमाडौंको सोर्ह फुटे र पेप्सीकोलामा यस अघि नै शाखा सञ्चालनमा छन् ।  

करिव एक करोड ५० ला रुपैयाँको लगानीमा सञ्चालनमा आएको सोझा होलसेलले  तेस्रो शाखाका रुपमा बिर्तामोडमा ब्यवसाय बिस्तार गरेको प्रवन्ध निर्देशक ध्रुव काप्रीले बताए । उनका अनुसार बिर्तामोडमा करिब ४० लाख रुपैयाँका लगानीमा शाखा सञ्चालनमा आएको हो । 

सोझा होलसेलमा दराज, वेड, डाइनिङ, टिभी र्याकसहित फार्निचरका सम्पूर्ण सामाग्री उपलब्ध रहेका छन् । उक्त सोझा होलसेलमा १५ हजारदेखि एक लाख ५० हजार रुपैयाँसम्मका सामाग्री पाइने सञ्चालक बिमलले बताएका छन् । 

झापाभरी फ्रि डेलिभरी सुबिधा रहेको सोफा होलसेलले उद्घाटनका अवसरमा प्रत्येक सामाग्री खरिदमा ५ देखि १० प्रतिशतसम्म छुट दिएको बताइएको छ । कार्यक्रमका प्रमुख अतिथि संघका अध्यक्ष राजु न्यौपानेले सोझा होलसेलमा एकदमै राम्रा सामाग्री सुपथ मूल्यमा उपलब्ध रहेकाले खरिद गर्न सवै बिर्तामोडबासीलाई आग्रह गरेका छन् । 

सञ्चालक बिमलको अध्यक्षतामा भएको संक्षिप्त कार्यक्रममा स्वागत प्रबन्ध निर्देशक काप्रीले गरेका थिए । कार्यक्रममा राजेन्द्रकुमार थाम्सुहाङ, गुरुप्रसाद ओझा, बिनोद निरौला, देवेन्द्र थाम्सुहाङ, इश्वरी तिम्सिना, चैतन्यप्रसाद मैनालीलगायतको उपस्थिति रहेको थियो ।