झापा । 

अविरल वर्षाका कारण एक एक महिनादेखि बन्द रसुवागढी–केरूङ अन्तर्राष्ट्रिय राजमार्ग भोलि (सोमवार) देखि सञ्चालनमा आउने भएको छ । 

अविरल वर्षाले क्षति पुर्‍याएका कारण अघिल्लो महिना असोज १२ गतेदेखि अवरूद्ध चिनियाँ भागको सडक आजसम्ममा मर्मत तथा पुनःनिर्माणको काम सकेर सञ्चालनमा ल्याउने गरी चिनियाँ पक्षले तयारी गरेको छ ।

उक्त राजमार्ग गाडी चल्ने गरी सञ्चालनमा ल्याउने सिमाक्षेत्रका समकक्षीले जानकारी आएको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले जानकारी दिएका हुन् । 

नाका सञ्चालनमा ल्याई नेपाल चीनबीचको व्यापार, व्यवसायलाई निरन्तरता दिने काममा ल्हासामा रहेको नेपाली वाणिज्य महादूत नवराज ढकालले सहजीकरण बताइएको छ । 

रसुवागढी–केरूङ खण्डअन्तर्गत ठोङ्सा नजिक चिनियाँ पाखामा पहिरो जाँदा सडक अवरूद्व भएको थियो । सडक अवरूद्ध हुँदा चिनियाँ मालसामानको ढुवानी गर्ने गाडी टिमुरे क्षेत्रमै रहेका पाङसिङको चिनियाँ ठूलो ढुवानी कम्पनी मुसा टासपोर्टले जनाएको छ ।