बिर्तामोड । 

बिर्तामोड उद्योग बाणिज्य संघले स्थापना गरेको ‘व्यवसायिक राहत कोष’मा ओमप्रकाश भट्टराईले कोष बृद्धिका लागि सहयेग गरेका छन् । उनले आफ्नो जन्म दिनको अवसर पारेर २१ हजार रुपैयाँ सहयोग गरेका हुन् ।

 भट्टराई पत्रकार हुन् । उनी नेपाल पे्रस युनियन झापाका कोषाध्यक्ष हुन् । सगुन होम प्याराडाइज इन्टरनेशनलका प्रवन्ध निर्देशक समेत रहेका उनले संघका अध्यक्ष राजु न्यौपानेलाई सहयोग रकम प्रदान गरेका थिए ।

संघले स्थापना गरेको कोषमा कोष बृद्धिमा सहयोग पु¥याएको भन्दै भट्टराईलाई कदरपत्रद्वारा सम्मान समेत गरिएको थियो ।संघका महासचिव कुशल खतिवडाले सञ्चालन गरेको कार्यक्रममा संघका पदाधिकारीको उपस्थिति रहेको थियो ।