विराटनगर ।

 मोरङ र इलामबाट लागू औषध ब्राउन सुगरसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । मोरङको बिराटनगर महानगरपालिका–१५ एक नम्बर ढाँट स्थित लागू औषध नियन्त्रण ब्युरो बिराटनगर र इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा उदयपुर त्रियुगा नगरपालिका–४ प्रगति टोलका १९ बर्षीय खगेन मगरलाई १ ग्राम ४० मिलिग्राम ब्राउन सुगर र प्रतिबन्धीत औषधी NITZAPASCAN -३० चक्की सहित पक्राउ गरेको छ ।

 त्यसैगरी  प्रहरी चौकी दानाबारी इलामको प्रहरी टोलीले इलाम माई नगरपालिका–४ सुखानीका २९ बर्षीय मनोज तामाङ र २४ बर्षीय सुमन तामाङलाई ५५० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ ।पक्राउ परेका उनीहरुको सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यसैगरी सुनसरीको धरान उप–महानगरपालिका–२० चिण्डेडाँडा जंगलस्थित बाटो छेउबाट ६० किलोग्राम ७६० ग्राम गाँजा प्रहरीले बरामद गरेको छ ।  इलाका प्रहरी कार्यालय धरान सुनसरीबाट गस्तीमा खटिएको प्रहरी टोलीले उक्त गाँजा बरामद गरेको हो ।