विराटनगर।

उदयपुर र मोरङ जिल्लाबाट जुवा तास खेल्ने १३ जनाको समुहलाई प्रहरीले पक्राउ गरेको छ । उदयपुरको त्रियुगा नगरपालिका–९ स्थित रहेको बोईलर कुखुराको फर्ममा जुवा खेलिरहेको भन्ने बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले जुवा खेल्दै गरेको अवस्थाम उनीहरुलाई नियन्त्रणमा लिएको हो । 

पक्राउ पर्नेमा त्रियुगा नगरपालिका–९ का ३७ बर्षीय राजु कार्की, त्रियुगा–१५ का ३४ बर्षीय बिजय राई, त्रियुगा–११ का ५० बर्षीय रबिन्द्र राई, त्रियुगा–१२ का ५३ बर्षीय बसन्त राई, त्रियुगा–१० का ४५ बर्षीय गेशराज राउत, त्रियुगा–१३ का ६२ बर्षीय पदम राई, रौतामाई–७ का ३४ बर्षीय कमल तामाङ, रौतामाई–७ का ३५ बर्षीय मनोज मगर र रौतामाई–५ का ४१ बर्षीय जयकुमार राईलाई पक्राउ गरेको हो । प्रहरीले जुवाको खालबाट नगद ४ लाख १४ हजार ५ सय ७५ रुपैयाँ र कौडा १६ थान समेत बरामद गरेको छ । 

यसैगरी मोरङको इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले सुनवर्षी नगरपालिका–९ स्थित  कहरसिंह राजवंशीको घरमा जुवा तास खेलीरहेको अवस्थामा ५३ बर्षीय कहरसिंह राजवंशी, ४७ बर्षीय सुरेशप्रसाद साह, सुनवर्षी–६ का ३७ बर्षीय नित्यानन्द सुतिहार र रंगेली–७ का ४६ बर्षीय उमेश पौदारलाई  नगद १ लाख ८२ हजार रुपैयाँ र ४ बुङ ताससहित नियन्त्रणमा लिएको छ । पक्राउ परेका उनीहरुको आवश्यक कानुनी कारवाही भईरहेको प्रहरीले जनाएको छ ।   संकेत तस्वीर