बिर्तामोड । 

 झापा बिर्तामोड नगरपालिका वडा नम्बर ६ बुट्टावारीमा एक बृद्धाको पैनीमा डुवेर मृत्यु भएको छ । सोही स्थान बस्ने अन्दाजी ७८ बर्षिया इन्द्रमाया राईको उनकै घर नजिकै रहेको पैनीमा डुबेको अवस्थामा आज (शुक्रवार) दिउँसो १ बजेको समयमा देखेर अस्पताल ल्याएर चेकजाँज गर्दा मृत्यु भइरहेको थियो । 

बृद्धाकै नातिनि मनिषा राईले  देखेर तत्काल उपचारको लागि बिर्तामोडस्थित मनमोहन अस्पताल ल्याइएको थियो । उपचारका लागि अस्ताल ल्याइएकी बृद्धालाई डाक्टरले चेकजाँच गर्दा मृत्यु भईसकेको र लाश सोही अस्पतालमा रहेको प्रहरीले जनाएको छ । 

सोही अस्पतालमा कार्यरतले इलाका प्रहरी कार्यालय अनारमनी झापामा जानकारी गराउना साथ तत्काल प्रहरी चौकी बुट्टावारीबाट प्रहरी टोली गएर थप बुझ्ने कार्य भईरहेको छ ।

थप अनुसन्धान तथा  कानुनी प्रकृयाको लागि इलाका प्रहरी कार्यालय अनारमनीको Socco को टोली पनि गएको प्रहरीले जनाएको छ ।