हल्दीबारी । 

झापाको हल्दीबारी गाउँपालिकाले सडक कालोपत्रे गर्नका लागि सडक छेउ–छाउमा रहेका अस्थाई संरचना हटाउन आग्रह गरेको छ । पालिकाले धनुषपोखरीदेखी धादरपाडा चोकसम्मको सडक कालोपत्रे गर्ने भएकाले सो क्षेत्रका अस्थाई संरचना हटाउन सर्वसाधारण सवैलाई आग्रह गरेको हो । 

निर्माण कम्पनीसँग ठेक्का सम्झौता भइ कार्यदिश समेत भइसकेको जनाउँदै पालिकाले सूचना जारी गरी सडकको क्षेत्रअधिकार भित्र पर्ने अस्थाई संरचना, रुख विरुवालगायत नियमानुसार तीन दिन भित्र हटाएर सहयोग गरिदिन सवैमा अनुरोध छ ।

पालिकाले जारी गरेको सूचनालाई बेवस्ता गरे सडक निर्माण गर्ने क्रममा यान्त्रिक उपकरणबाट सडकको क्षेत्रअधिकार कायम गर्दा हुने क्षतिको जिम्मेवार स्वयम् सम्बन्धित व्यक्ति, सरोकारवाला संस्था हुने पालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर बन (महेन्द्र) द्धारा हस्ताक्षरित सूचनामा उल्लेख गरिएको छ ।