उदयपुर।

उदयपुरको त्रियुगा नगरपालिका–६ बाट नियन्त्रित औषधीसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

गएराति प्रहरी चौकी लालपत्ताबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा गरेको प्र.१–०५–००१ ह ०१५३ नम्बरको अटोमा लुकाई छिपाई राखेको अवस्थामा डाईजेपाम, फेनार्गन र बुप्रिनोर्फिन गरी जम्मा ५६ एम्पुल नियन्त्रित औषधी  बरामद गरेको हो । 

नियन्त्रित औषधीसहित पक्राउ परेका अटो चालक त्रियुगा–३ का ४४ बर्षीय राजेश श्रेष्ठ र अटोमा सवार त्रियुगा–११ का २६ बर्षीय धिरज खड्काको जिल्ला प्रहरी कार्यालय उदयपुरबाट थप अनुसन्धान भईरहेको प्रहरील जनाएको छ ।