चारआली । 

झापाली समाज कतारले आर्थिक अवस्था कमजोर भएर उपचारमा समस्या झेलिरहेको अवस्थामा एक बालकको मृत्यु भएपछि उनको उपचारका लागि संकलित रकम परिवारलाई हस्तान्तरण गरेको छ । 

समाजले झापाको मेचीनगर–१२ का १२ बर्षिय बालक नुवाहाङ थुप्पो थेबेको परिवारलाई आज (बिहीवार) उपचारका लागि संकलित नगद ३६ हजार रुपैयाँसहित समवेदना प्रदान गरेको हो । डेंगु रोगका कारण गत ३० गते बालक नुवाहाङको उपचारका क्रममा निधन भएको थियो । 

झापाली समाज कतारले आज बालकको निवासमै पुगेर रकमसहित समवेदना हस्तान्तरण गरेको कार्यसमिति सदस्य बिमल भारतीले जानकारी दिए । आर्थिक अवस्था कमजोर भएका कारण उपचारका लागि झापाली समाज कतारले रकम संकलन गरेको थियो । 

झापाली समाजका निवर्तमान महासचिव बिजय मगर, कार्यसमिति सदस्य बिमल भारती, गणेश दुलाल, करण सिलवाल, युवराज बराल, माधब गौतमलगायतको टोलीले बालकका बुबा वीरबहादुर थुप्पो थेबेलाई रकमसहित समवेदना–पत्र हस्तान्तरण गरेका थिए ।