झापा । 

बैदेशिक रोजगारीका सिलसिलामा एक महिना अघि कुवेत पुगेकी एक महिलालाई बन्धक बनाइएको खुलेको छ । ती महिलालाई घरेलु काममा लगाउने भन्दै कुवेतमा बन्धक बनाएर राखेको खुलासा भएको हो । दाङको घोराही उपमहानगरपालिका –१७ चौघेराकी  ३० वर्षीया गीता थापालाई कुवेतमा बन्धक बनाएर राखेको खुलासा भएको छ।

थापाका श्रीमान विष्णु थापाले गत असोज ३० गते जिल्ला प्रशासन कार्यालय दाङमा सञ्चालनमा रहेको सुरक्षित आप्रवासन सामी कार्यक्रमको कार्यालयमा उजुरी दिएपछि थापालाई कुवेतमा बन्धक बनाइएको खुलासा भएको थियो । उनका श्रीमान थापाले श्रीमतीलाई  घरेलु काममा लगाइदिन्छु भनेर कुवेत लगेर बन्धक बनाइएको बताकाएका छन् । आफ्नी श्रीमतीले बन्धकमा पारेर दुर्व्यबहार गरेको, मानसिक र शारीरिक यातना दिएकोलगायतका फोटो तथा भिडियोहरू म्यासेजमा पठाएर उद्धार गर्न अनुरोध गरेको श्रीमान थापाले बताएका छन्।

वैदेशिक रोजगारका लागि प्रक्रिया पु¥याउने क्रममा चिनजान भएको २८ वर्षीय उर्मिला सुनारले थापालाई कुवेत पठाएकी थिइन् । हाल काठमाडौंमा रहेकी सुनारलाई श्रीमतीको बारेमा सबै कुरा जानकारी गराउँदा पनि बेवास्ता गरेको र सम्पर्कमा नआएपछि सामी परियोजनामा उजुरी दिन आएको उनका श्रीमान थापाले बताएका छन् । सुनारले २०८१ असोज ६ गते थापालाई कुवेत पठाएकी थिइन् । 

सुरक्षित आप्रवासन सामी कार्यक्रमकी सूचना तथा परामर्शकर्ता अनिता सुवेदीले थापालाई गैरकानूनी रूपमा कुवेत पठाइएको बताएकी छन् । दलालहरूको लहलैमा लागेर वैदेशिक रोजगारीमा जाने व्यक्तिहरु ठगिएको, सोचेअनुसारको काम नपाएको समस्या लिएर आउने गरेको बताइन् । पछिल्लो समय दलालहरूले राम्रो कम्पनीमा काम लगाइदिन्छु भनेर सप्लाइ कम्पनीमा लगेर बिचल्ली पारेका गुनासोहरू र उजुरीहरु आउने गरेका उनले बताइन् ।संकेत तस्वीर