दमक । 

स्थानीय स्तरमा पाईने श्रोत साधनको अधिकतम् प्रयोग गरेर र स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्दै आएको झापाको कमल गाँउपालिकामा रहेको दिब्यदृष्टि ब्राण्ड (डिडिभिएसि) को पुजा सामाग्रिको प्रयोग बढ्दै गएको छ । दिब्यदृष्टिले आकर्षक र भारतसंग प्रतिस्पिर्धी प्याकेजिङ सँगै गुणस्तरीय पुजा सामाग्रि उत्पादन गर्दै आएको छ ।

मौलिक धर्म सस्कृति तर सस्सकारको जगेर्ना गर्ने उदेश्यका साथ ५ बर्ष अघि झापाको कमल गाँउपालिका वडा नं. ६ मा शुरु भएको दिब्यदृष्टि भनेरेशन एण्ड एग्रो कन्सर्न प्रा.लि. अर्थात दिब्यदृष्टि पुजा सामाग्रि उद्योगका उत्पादनहरु कोशी प्रदेशको अलवा देशभर नै माग हुन थालेको उद्योगका सञ्चालक बिष्णुप्रसाद पोखरेलले बताएका छन् ।

घर आँगनमा पाईने दुबो, कुशदेखि लिएर नवग्रह समिधामा प्रयोग हुने सामाग्रि समेत भारतमा निर्भर रहनुपर्ने अवस्थामा स्वदेशी नवग्रह समिधा, हवन सामाग्रि, एन्टि ब्याक्टोरियल बाटेको धुप, गोमूत्र, गंगाजल, सप्तमृतिका, सप्तधान्य, सर्वोषधि, पञ्चरत्न, परिमल, हवनका लागि चाहिने दिब्य समिधा लगायतका पुजा सामाग्रिहरु उत्पादन हुँदै आएको पोखरेलले जनाएका छन् । 

जौ, कालोतील, सरसिउ लगायतका स्थानीय उत्पादनहरु पनि उपलब्ध गराउदै आएको जनाईएको छ । बिभिन्न पर्वहरुमा आवश्यक पर्ने सामाग्रिहरु पनि उत्पादन हुँदै आएको छ । दशैमा जमरा बीउ, बालचर्तुदशीमा छर्नका लागि शतविजहरु पनि उद्योगले उत्पादन गर्ने गरेको छ । केही महिनाभित्रमा अन्य एकदर्जन भन्दा बढि पुजाका अति आवश्यकीय सामाग्रीहरु उत्पादन गर्ने तयारी भइरहेको छ, पोखरेलले भने ।

बाटेको धुपमा मात्र ५ वटाभन्दा बढि समुहले अर्ध रोजगारी पाएकाछन् भने उद्योगमा एकदर्जनलाई रोजगारी दिएको छ । उद्योगकी सञ्चालिक बविता तिम्सिनाका अनुसार कृषिमा आधारित मौलिक पुजा सामाग्रि उत्पादनले माया पाईरहेको बताईन् । पुजा पसलहरुले स्थानीय उत्पादन अर्थात दिब्यदृष्टिको उत्पादनलाई स्थान दिएर बिक्री बितरण गर्दै आएको र उत्पादन क्षमता बढाउन थालिएको उनको भनाई छ ।

कमल गाँउपालिकाका अध्यक्ष हुकुमसिंह राईले कमल गाँउपालिकामा स्थापना भएको दिब्यदृष्टि पुजा सामाग्रि उद्योगले स्थानीय कृषि उत्पादनहरुलाई प्रयोग गरेर पुजा सामाग्रि उत्पादन गरेर राम्रो बजार पाउन थालेको पाएको बताए । यसले परम्परागत सस्कृतिको जगेर्नासँगै स्थानीय उत्पादन प्रवद्र्धन गर्दै स्वदेशी उत्पादन प्रयोगका लागि उपभोक्तालाई आकर्षित गरेको राईले उल्लेख गरे ।

पछिल्लो समयमा दिब्यदृष्टिसंग मिल्दाजुल्दा पुजा सामाग्रि उत्पादन गरेर बजारमा दिब्यदृष्टिकै उत्पादन हुन भनेर ठगी गर्ने काम पनि शुरु भएको पाइन थालेकाले त्यस्तो भ्रममा नपर्न पनि उद्योगले आग्रह गरेको छ । दिब्यदृष्टिको बिलभर्पाइ, लोगो र उत्पादन याकिन गरेरमात्र किनबेच गर्न तथा उपयोग गर्न उद्योगका सञ्चालक पोखरेलले आग्रह गरेका छन् ।