झापा । 

शब्दपत्र प्रकाशन प्रालिद्धारा सञ्चालित शब्दपत्र डटकम अनलाइन न्युज पोर्टलका काठमाडौं प्रतिनिधि तथा खोटाङ–हलेसी पुरी बन्धु समाजका सचिव कृष्णप्रसाद पुरीलाई मातृशोक परेको छ । 

पुरीकी ममतामयी माता मनमाया पुरीको आज (सोमवार) बिहान ३ः४०  बजेको समयमा ७७ बर्षको उमेरका विराट मेडिकल टिचिङ हस्पिटल बिराटनगरमा उपचारका क्रममा मृत्यु भएको पारिवारिक स्रोतले जनाएको हो । केही समय अघिदेखि स्वासप्रस्वासको समस्याबाट ग्रसित माता मनमाया अचानक बिरामी भएपछि हस्पिटल लगिएको थियो । 

खोटाङको हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर १० स्थित फेदीमा बसोबास गर्दै आएका काजिबहादुर पुरीकी धर्मपत्नि स्व.मनमाया हाल मोरङको बेलबारी नगरपालिका–५ कसेनीमा बस्दै आएकी थिइन् । कसेनीमा बि.स. २०४३ सालदेखि रहँदै आएकी मनमायाका ६ भाई छोरा र एक बहिनी छोरी छन् । छ भाई छोरा मध्ये जेठा छोराको मृत्यु भइसकेको छ भने ५ भाई छोरा र छोरी रहेका छन् । 

हाल चन्द्रकेशर, बालकृष्ण, कृष्णप्रसाद, दुर्गाप्रसाद र अर्जुन पुरी छोरा र मेनुका र आन्नद गिरी ज्वाई छोरी रहेका छन् । त्यस्तै १३ जना नातीनातिनि र एक जना प्रनानिति रहेको पारिवारिक स्रोतले जनाएको छ । 

माता मनमायाको आजै बिहान १० बजे निजि निवास बेलबारी–५ कसेनीमा अन्त्येष्टी गरिने भएकाले दाजुभाई, आफन्त, छरछिमेकसहित सवैलाई मलामीमा उपस्थितिका लागि छोरा कृष्णप्रसादले जानकारी गराएका छन् । 

पुरी परिवारमा परेको यस दुःखद घडीमा ममतामयी माताको आत्माको चिशान्तिको कामना गर्दै यस प्रालि परिवारजनमा हार्दिक समवेदना ब्यक्त गर्दछ ।