झापा ।

लागू औषध नियन्त्रण व्यूरो काँकडभिट्टा झापाबाट खटिएको प्रहरी टोलीले गएराति साढे ९ बजे मेचीनगर नगरपालिका–६ मेचीपुलबाट काभ्रेपलान्चोकका २६ बर्षीय होमकुमार मैनालीलाई १३ ग्राम लागऔषध ब्राउन सुगरसहित नियन्त्रणमा लिएको छ । प्रतिबन्धित लागू औषधसहित पक्राउ परेका सबैजनाको सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भइरहेको छ ।

त्यसैगरी  इलाका प्रहरी कार्यालय अनारमनीको पिकेट टोलीले शनिवार अपरान्ह शंकास्पद अवस्थामा हिडिरहेका अर्जुनधारा नगरपालिका–११ का १९ बर्षीय उमेश चौधरी  र पाँचथरका  १९ बर्षीय बिवस मगरको साथबाट लागूऔषध ट्रामाडोल ९० ट्याब्लेट फेला पारी नियन्त्रणमा लिएको छ। 

यसैगरी सुनसरीको इनरुवा नगरपालिका(६ हलेशी चौक स्थित हरिनगर गाउँपालिका–४ का २३ बर्षीय दिनेश रामलाई प्रतिबन्धित लागुऔषध ट्रामाडोल १२ हजार २०० ट्याब्लेट फेला पारी नियन्त्रणमा लिएको छ ।

त्यस्तै  सुनसरीको धरान उप–महानगर–१७ शान्ति टोलस्थित आफ्नै घरबाट लागुऔषध बिक्री बितरण गर्ने २९ बर्षीया सोफिया तामाङ र धरान–१४ का ४२ बर्षीय कमल कार्कीलाई अस्थायी प्रहरी चौकी रेल्वेबाट खटिएको प्रहरीको टोलीले ५६० मिलिग्राम लागूऔषध ब्राउन सुगरसहित कात्तिक हिजो साँझ नियन्त्रणमा लिएको हो ।

गएराति धरान–८ भोटेपुलबाट ४० बर्षीय विनोद राईको घरमा ५६ बर्षीय राजेश क्षेत्री र २६ बर्षीय रोहित विश्वकर्मालाई वडा प्रहरी कार्यलय धरानको प्रहरी टोलीले ५ सय ७० मिलिग्राम लागूऔषध ब्राउन सुगरसहित नियन्त्रणमा लिएको हो । नियन्त्रण गरिएको उनीहरुका बिषयमा सम्बन्धीत प्रहरी कार्यालयले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।