भोजपुर।

भोजपुरको अरुण गाउँपालिका–१ स्थित एगुवा खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा एक जनाको मृत्यु भएको छ ।

अरुण गाउँपालिका–१ याङपाङका ३२ बर्षीय रोशन मगरलाई ईन्भटर र व्याट्रीबाट खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा अचानक करेन्ट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको थियो ।

घटना बारेमा जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय भोजपुरको प्रहरी टोलीले घटनास्थलको कानूनी प्रकृया पुरा गरी शबलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल भोजपुर पठाएको थियो । उक्त घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।