बिर्तामोड । 

झापाको बिर्तामोड–५ मा ब्यक्तिगत कार्यका लागि सार्वजनिक सडक खनेको बिषयमा सम्बन्धीत निकायलाई जानकारीसहित निवेदन गर्दासमेत कुनै सुनवाई नभएको स्थानीयले आरोप लगाएका छन् । 

बिर्तामोड–५, शनिश्चरेरोडस्थित शिवाकोटी म्यानपावर कार्यालय जाने बाटो ब्यक्तिगत प्रयोजनका लागि खनेको भन्दै बिर्तामोड उद्योग बाणिज्य संघका सदस्यसमेत रहेका ब्यवसायी केदार खनालले वडा कार्यालय र बिर्तामोड नगरपालिकालाई निवेदनसहित ध्यानाकर्षण गराएको बताएका छन् । त्यस्तै र टोल सुधार समितिका अध्यक्षलाई पनि मौखिक जानकारी गराएको बताए । 

बिर्तामोडमा घर रहेर भाडामा लगाएर काठमाडौं बस्दै आएका भक्तिप्रसाद सुवेदीको घरमा खानेपानी नआएको भन्दै २ फिट गहिरो २०० मिटर लामो खाल्डो खनेका छन् । जसका कारण सार्वजनिक सडक बिग्रीएर र स्थानीय सर्वसाधारणले दुःख पाएको साथै सार्वजनिक सम्पत्तिको दोहन भएको खनालको भनाई छ । 

ब्यक्तिगत प्रयोजनको लागि भन्दै सार्वजनिक कालोपत्रे बाटो खन्न पाइन्छ कि पाइदैन ? उनले प्रश्न गरेका छन् । ‘मैले यो बिषयलाइ लिएर सम्बन्धित, टोल सुधार समिति अध्यक्ष, वडा अध्यक्षलाई लिखित निबेदन दिए ।’ उनले थपे ‘बिर्तामोड नगर प्रमुख, उपप्रमुख सम्पूर्णलाई ध्यानाकर्षण गराउँदा पनि बेवास्ता गरिएकोले यो बिषय सम्बन्धी जानकार ब्यक्तिले के यो सहि हो ? वा गलत हो ? सानालाई ऐन ठुलालाइ चैन सुनेको थिए, देखियो ।’

खानेपानीका सचिव र उपाध्यक्षलाई फोन मार्फत जानकारी गराउँदा उनीहरुले सडक खन्ने बिषयमा घरधनिसँग कुनै कुरा नभएको बताएका खनालले जानकारी दिए । उनले आफुले ब्यक्तिगत फाइदा भन्दा पनि सार्वजनिक सम्पत्तिको रक्षा गर्न खोजे पनि राजनीतिककै कारण आफ्नो निवेदनको सुनवाई नभएको गुनासो गरे ।  

यता नगरपालिकाका नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले टोल सुधार संस्था, वडा कार्यालय तथा नगरपालिकालाई कुनै जानकारी बिना आफुखुसी घरधनिले बाटो खनेको भए नगरको नियमानुसार जरिवाना र कारवाही हुने बताए । आफुले हिजो शुक्रवार गएर उक्त स्थानको अनुगमन गरेको र आज शनिवार बन्द भएकाले त्यस बिषयमा कुनै प्रोसेस अगाडी बढ्न नसकेको बताउँदै नगर प्रमुख पनि आएका कारण भोली आइतवार त्यस बिषयमा कुरा गर्ने बताएका छन् । खानेपानी संस्थालै गरेको हो भनेर अध्यक्षलाई कल गर्दा सम्पर्क नभएको र यदि आफुखुसी सार्वजनिक सम्पत्ति खनेको भए नगरको नियमानुसार सुवेदीलाई जरिवाना तथा कारवाही हुने बताएका छन् ।