बिर्तामोड । 

झापाको कमल गाँउपालिका वडा नम्बर ५ रबि पेट्रोल पम्पस्थित पूर्व पश्चिम राजमार्गमा यात्रुबाहक बसले मानिस मारेपछि बसमा आगजनी गरिएको छ । 

आज (शनिवार) दमकबाट बिर्तामोडतर्फ जाँदै गरेको प्रदेश न.१–०१–००१ ख ३४३५ नम्बरको कनकाई माई पाथिभरा यात्रु बाहक बसले सोही दिशातर्फ जाँदै गरेको को १६ प ५३२२ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको थियो । 

बसले ठक्कर दिदा मोटरसाईकल चालक मोरङको केराबारी गाँउपालिका वडा न.७ अन्दाजी ५५ बर्षिय पदम मुकारुम राईको घटना स्थलमै मृत्यु भएको थियो । 

आक्रोशित स्थानियले उक्त बसलाई ढुङगा, मुडा गरी सिसा तोडफोड गरेर आगजनि गर्दा बसको अगाडीको भागमा सामान्य क्षति भएको प्रहरीले जनाएको छ । 

बस चालक घेरादह नगरपालिका वडा नं.१ का ३५ बर्षिय संजय नेपाली इलाका प्रहरी कार्यालय दमकको नियन्त्रणमा रहेका छन् भने उक्त स्थानमा प्रहरी टोली गएर सो सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।