बिर्तामोड  । 

जन्मोत्सवको अवसर पारेर सञ्जीव चापागाईले बिर्तामोड उद्योग वाणिज्य संघलाई ५१ हजार रुपैयाँ प्रदान गरेका छन् । संघले स्थापना गरेको व्यवसायी राहत कोष वृद्धिका लागि सीटी कम्युनिकेशन कन्सलटेण्डसीका सञ्चालक समेत रहेका चापागाईले आर्थिक सहयोग गरेका हुन् । 

उनले बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेलाई चेक हस्तान्तरण गरेका थिए । संघको कार्यालयमा आयोजित कार्यक्राकाबीच चापागाईले चेक हस्तान्तरण गरेका थिए । सो कार्यक्रममा चापागाईको सु–स्वास्थ्य र दीर्घायुको कामना गर्दै जन्मोत्सव मनाईएको थियो ।

 संघका अध्यक्ष न्यौपानेले चापागाईलाई संघले स्थापना गरेको कोषमा रकम वृद्धिका लागि  सहयोग पु¥याएसँगै कदरपत्र प्रदान गरेका थिए । कार्यक्रमको सञ्चालन संघका महासचिव कुशल खतिवडाले गरेका थिए ।