विराटनगर ।

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ मा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।  ना १ ज ५७४३ नम्बरको गाडी अनियन्त्रित भएर दुर्घटना हुँदा चालक स्थानिय गोबिन्द कटुवाल र सुमो गाडीमा सवार स्थानिय दिपक बस्नेतको ८ बर्षीय छोरा हेमन्त बस्नेत घाईते भई भएका थिए ।

उनीहरुलाई उपचारको लागि लैजाने क्रममा बाटैमा मृत्यु भएको हो । गाडी र चालक कटुवाललाई जिल्ला प्रहरी कार्यालय खोटाङले नियन्त्रणमा लिएर घटना सम्बन्धमा थप अनुसन्धान  भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।