बिर्तामोड । 

झापाको बिर्तामोड नगरपालिका–१ स्थित बरपिपल चोकमा रेहको कपास फ्याट्रीमा आगलागी हुँदा अन्दाजी ४० लाख रुपैयाँ बराबरको क्षति भएको छ । 

नेक महमोदले सञ्चालन गरेको कपडाबाट रुवा बनाउने इरतान कपास फ्याट्रीमा अचानक बिधुत सर्ट भएर आज (शुक्रवार) ८ः३० बजे आगालागी भएको हो । आगलागीबाट टिनले छाएको भुइँतले कपास गोदामसहितको फ्याट्रीको टहरा पूर्ण रुपले जलेर नस्ट भएको छ । 

बिर्तामोड नगरपालिकासहित मेचीनगर, भद्रपुर  नगरपालिकाको बारुण यान्त्र, नेपाल प्रहरी, शसस्त्र प्रहरी र स्थानियको सहयोगमा ९ः४० बजे पूर्ण रुपमा आगो नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । आगालागिमा कपास बनाउने मेसिनसहित जलेर अन्दाजी ४० लाखको क्षति  भएको अनुमान गरिएको छ ।