झापा । 

झापाको मेचीनगर नगरपालिका वडा नं. ६ पुरानो मेचीपुलबाट लागू औषधसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । मेचीपुल सडक खण्डमा बिहीवार साँझ ७ बजेको समयमा भारतको पानी ट्याङ्कीबाट भाडाको सिटिसफारीमा नेपालतर्फ आईरहेका दमक नगरपालिका वडा नं. ५ का  ३५ बर्षिय रुपेन्द्र भण्डारी र ३४ बर्षिय नारायणबहादुर बस्नेतलाई प्रहरीले नियन्त्रणमा लिएको हो । 

लागू औषध नियन्त्रण व्यूरो काँकरभिट्टा झापाबाट खटिएको प्रहरी टोलिले भण्डारीलाई शंका लागेर उनको शरीर तलासी लिँदा मलद्धारमा प्लाष्टिक बाहेक २ ग्राम लागू औषध अर्थात खैरो हेरोइनसहित सोही स्थानका नारायणबहादुर बस्नेत समेतलाई नियन्त्रण लिएको छ । 

उनीहरुलाई आवश्यक कारवाहीको लागि इलाका प्रहरी कार्यालय काँकरभिट्टामा ल्याएर राखिएको र सो सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको  जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।