झापा । 

झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर ६ मा फलामको गेटले किचेर एक बालकको मृत्यु भएको छ । गएराति ८ बजेको समयमा फलामको गेटले किचेर घाइते भएका सवनम मस्कराका छोरा २ बर्षिय शिवयम मस्कराको उपचारका क्रममा मृत्यु भएको हो । 

बालक आमा श्रेया अग्रवालसँग अर्जुनधारा–६ स्थित मामाघर रिषी अग्रवालको घरमा पाहुना आएका थिए । फलामको गेटमा खेल्ने क्रममा उक्त गेट पल्टिएर किचेर घाईते भएका थिए । घाइते ती बालकलाई तत्काल बिर्तामोड स्थित बीएण्डसी अस्पताल बिर्तामोडमा ल्याई उपचार भईरहेको थियो । 

टाउकोमा चोट लागेका बालकको अवस्था गम्भीर रहेको थियो । उनको उपचारकै क्रममा आज बिहान ६ः१५ बजेको समयमा मृत्यु भएको हो । सो सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।