बिर्तामोड ।

झापाको बिर्तामोडमा सवारीको ठक्करबाट घाइते एक जनाको मृत्यु भएको छ । बिर्तामोड–भद्रपुर सडक खण्डस्थित बिर्तामोड–३ बिर्ताबजारमा बनियानीबाट बिर्ताबजारतर्फ आउँदै गरेको मे १ च ५९३० नम्बरको छोटा हात्ती गाडीले पैदलयात्रीलाई ठक्कर दिएको थियो ।

सवारीको ठक्करबाट भारतको बहादुरगञ्ज घर भई हाल बिर्तामोड–३ स्थित सैनिकमोडमा डेरा गरी बस्ने ६५ वर्षीय आसारुलाल पानवारी गम्भिर घाइते भएका थिए । बिहीवार साँझ ६ः३० बजेको समयमा दुर्घटना भएको थियो । 

घाइते उनको उपचारको क्रममा बिर्तासिटी अस्पताल बिर्तामोडमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । ठक्कर दिने सवारी चालक झापा कनकाई–८ का ४६ बर्षिय मानबहादुर भुजेललाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय अनारमनीमा ल्याई राखिएको सो सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।