बिर्तामोड । 

झापामा दशैंको अवधिमा ७६ वटा सवारी दुर्घटना भएको छ । दुर्घटनामा ६ जना पुरुषसहित एक महिलाले ज्यान गुमाएका हुन् । जसमा सात जनाले ज्यान गुमाएका छन् भने दुई सय पाँच जना घाइते भएको भएको जिल्ला ट्रााफिक प्रहरी कार्यालय झापाका प्रहरी नायव निरीक्षक पूर्णप्रसाद गौतमले जानकारी दिए ।  

घाइते मध्ये एक सय २९ जना समान्य र ७६ जना घाइते भएको प्रहरीले जनाएको छ । गत असोज १७ गते घटस्थापनाका दिनदेखि असोज ३०  गते पूर्णीमाका दिनसम्म उक्त दुर्घटना भएको हो । 

ट्राफिक प्रहरीले सचेतना कार्यक्रम सञ्चालन गरे पनि तिब्रगति तथा ट्राफिक नियम उल्लघन गर्दा धेरै संख्यामा दुर्घटना बढेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक गणेश पौडेलले जानकारी दिए । गत वर्षको तुलनामा सो अवधिमा यस वर्ष दुर्घटना बढेको तथ्याङकले देखाएको छ ।

बिर्तामोड बसपार्कमा भन्दा बिर्तामोड चोक तथा सडक किनारमा सवारी रोक्ने क्रम बढ्दै जाँदा सवारी आवागमन धेरै हुने गरेको छ । जथाभावि यात्रु ओराल्ने तथा चढाउने काम गर्दा दुर्घटनााको जोखिम बढेको बताइएको छ ।

यता प्रहरी निरीक्षक पौडेलले बसपार्कका सवारी लैजानकाा लागि आफूहरुले सहजिकरण मात्र गर्न सकने भन्दै त्यसको ब्यवस्थापनको काम बस पार्क ब्यवस्थापन समितिको भएको उल्लेख गरे । उनले भने ‘हामीले सहजिक करण मात्र गर्न सक्छौं अरु हाम्रो जिम्मेवारीमा पर्दैन् ।’ पूर्वपश्चिम राजमार्ग अन्तरगत बिर्तामोड क्षेत्रमा जथाभावि रुपमा सवारी पार्किङ गरिदाँ दुर्घटनाको जोखिम बढेर गएको छ ।