झापा । 

जंगली हात्तीको समुहले झापाको एउटा बिद्यालयमा क्षति पुर्याएको छ । जंगली हात्तीको समूहले झापाको बुद्धशान्ति गाउँपालिका–२ मा रहेको जयपुर बोर्डिङ स्कुलको भवन भत्काएको छ।

गएराति चार–पाँच वटाको समूहमा आएको जंगली हात्तीको समूहले विद्यालय भवन भत्काएको विद्यालयका सञ्चालक सन्तोष भण्डारीले जानकारी दिएका छन्। 

राति करिब ९ बजेतिर आएका जंगली हात्तीको समुहले विद्यालय भवनमा क्षति पुर्याएको हो । हात्तीले विद्यालय भवनको छानो, पर्खाल तथा पिलर भत्काएको भण्डारीले बताएका छन् ।