झापा । 

आजदेखि दशैंको सार्वजनिक बिदा सकिएको छ । बिदा सकिएसँगै आजदेखि सरकारी कार्यालय खुल्ने भएका छन् । बडादशैंको फूलपातीका दिनदेखि बिदा रहेका सरकारी कार्यालय आजबाट खुल्न लागेका हुन्। 

सरकारले दशैँ मनाउन ५ दिन बिदा दिएको थियो । आजबाट कार्यालय खुल्ने भएपछि सडकमा यातायातसहित मानिसको चहलपहल बढेको छ । 

आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म नवदुर्गाको साधना गरिएको प्रसाद स्वरुप विजयादशमीका दिनदेखि शुरु भएको टीका र जमरा लगाउने क्रम आश्विन शुक्ल पूर्णिमासम्म नै जारी रहनेछ ।