बिर्तामोड । 

मानवसेवा आश्रम र आनी छोइङ डोल्मा फाउण्शनको संयुक्त आयोजनामा शुरु भएको अभियानले झापाबाट एकैदिन १० जनाको उद्धार गरिएको छ । 

उद्वार  टोलीले सोमबार मेचीनगर नगरपालिकाबाट उद्वार यात्राको थालनी गरेको थियो ।  उद्वार यात्रामा टोली झापाको मेचीनगरदेखि शिवसताक्षी नगरपालिकाका सडकपेटी तथा सार्वजनिक स्थलमा बेवारिसे अवस्थामा रहेका मानवहरुको उद्वार सेवामा खटिएको थियो । 

सोमबार ९ जना पुरुषसहित १ जना महिला गरेर १० जना सहयोगापेक्षी  मानवहरुको उद्वार भएको अभियान टोलीले जनाएको छ ।  जस मध्ये मेचीनगर नगरपालिकाबाट ४ जना, बिर्तामोड नगरपालिकाबाट २ जना, कनकाई नगरपालिकाबाट २ जनाको र शिवसताक्षी नगरपालिकाबाट  २ जनाको उद्वार गरिएको हो ।

 उद्वार गरिएका सडकआश्रित मानवहरुको सोमवार नै मानवसेवा आश्रम झापाको बाहुनडाँगी सेवाकेन्द्रमा गृहप्रवेश गराइएको छ । साथै आज (मंगलबार) मोरङ जिल्लाको पथरी, बेलबारी, विराटनगरमा उद्वार सेवा रहने जनाइएको छ ।