झापा । 

झापाको शिवसततक्षी नगरपालिका वडा नम्बर ९ दुधेबाट १२ जना जुवाडे पक्राउ परेका छन् । गएराति ८ः३० बजेको समयमा दुधे स्थित बिनोद खरेलको घरमा रहेको सगरमाथा होटलमा जुवाजन्य खेल तास खेलाउदै छ भन्ने गोप्य सुचनाको आधारमा संयुक्त प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा शिवसताक्षी–६ का ५० बर्षिय मिलन भण्डारी, सोही स्थानका ४२ बर्षिय नविन तिम्सिना, शिवसताक्षी–९ का ४७ बर्षिय दिपक तामाङ, सोही स्थानका ३९ बर्षिय प्रकाश लिम्बु, ३७ बर्षिय भीमबहादुर भण्डारी, ४१ बर्षिय  दिनेश बाराकोटी, ४१ बर्षिय खगेन्द्र उप्रेती, २० बर्षिय सौगात मैनाली रहेका छन् । 

त्यस्तै शिवसताक्षी–११ का ३२ बर्षिय नरेन्द्र बिश्वकर्मा, सोही स्थानका ३६ बर्षिय  लोकबहादुर बिश्वकर्मा, शिवसताक्षी–९ का होटल सञ्चालक ३९ बर्षिय बिनोद खरेल (घर तथा होटल साहु) र भारत कलकत्ताका ४१ बर्षिय परिदोश पल रहेका छन् । 

सो स्थानमा प्रहरीले गएर रित पस्र्वक खानतलासी गर्दा घरको तेश्रो तलामा रहेको कोठामा घर धनि बिनोद खरेल समेत उनीहरु तास खेलिरहेको अवस्थामा एक बुक सहित नगद ५ लाख ४ हजार ३० रुपैयाँ पनि प्रहरीले नियन्त्रणमा लिएको छ । 

उनीहरुलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय दमक पठाइएको र थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । संकेत तस्वीर