झापा । 

झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर ३ दार्जिलङ डाँडास्थित भरत कुमालको घरको आँगनमा श्रीमतीलाई धारिलो हतियार प्रहार गरी फरार एक जनालाई प्रहरीले पक्राउ गरेको छ । 

अर्जुनधारा–३ जुङगेघारीका ४६ बर्षीय बीरबहादुर चौहानले आज दिउँसो ३ः५० बजेको समयमा आफ्नै श्रीमती ३७ बर्षिया मुना चौहानलाई धारिलो हतियारले घाटीमा प्रहार  गरी हत्या गरेर फरार भएका थिए । 

कर्तब्य गरी फरार रहेका चौहानलाई आजै ४ः५५ बजे जुकेखाडी जंगलमा लुकी छिपी हिडडुल गरिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो । 

उक्त लाश घटना स्थलमा रहेको ४ बजेको समयमा अस्थाई प्रहरी चौकी खुदुनाबारीमा जानकारी प्राप्त हुन साथ टोली गएर घटना स्थल सुरक्षित राखेको थियो ।  थप अनुसन्धान तथा कानुनि प्रकृयाको लागि SOCO सहितको टोली खटि गएको थियो । कर्तब्य गरी फरार रहेका चौहानलाई ब्यक्तिको खोज तलास गर्ने क्रममा पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

हत्या गरी फरार रहेका चौहानलाई नियन्त्रण गरी इलाका प्रहरी कार्यालय अनारमनीमा ल्याउने कार्यभईरहेको छ ।  उक्त घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।