झापा । 

झापाको मेचीनगर–७ इटाभट्टामा मोटरसाइकलको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ । मेचीनगर–७ स्थित इटाभट्टामा आज (आइतवार) बिहान ७ः३० बजेतिर धुलाबारीबाट काँकरभिट्टतर्फ जाँदै गरेको मोटरसाइकलले विपरित दिशातर्फ आउँदै गरेको साइकलयात्रीलाई ठक्कटर दिएको थियो । 

होटल मेची क्राउनमा काम गर्ने अन्दाजी वर्ष ३५ का अविषेक लिम्बु सवार प्र. ०१–१७ प ७४४ नम्बरको मोटरसाइकलले साइकल यात्री सगरमाथा यातायातका चालक अन्दाजी वर्ष ४५ का डिकेन राजवंशीलाई ठक्कर दिएको थियो । 

घाइते राजवंशीलाई उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोड ल्याइएको थियो । उनको उपचारका क्रममा ७ः४५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि मृतकका आफन्त र यातायात व्यवसायी संघका कर्मचारीहरुले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका थिए । अहिले यातायात सुचारु गराएको प्रहरीले जनाएको छ ।