झापा। 

मोटरसाइकल दुर्घटनामा घाइते भएका संजिप गिरीको पनि मृत्यु भएको छ । बिहीवार राति झापाको भद्रपुरमा दुईवटा मोटरसाइकल एकापसमा ठोक्किँदा घाइते भएका गिरीको शुक्रवार दिउँसो मृत्यु भएको हो । 

उनको शुक्रवार  दिउँसो ३ः५५ बजे मे ८ प २८३५ नम्बरको मोटरसाइकलका चालक भद्रपुर– ८ का २५ वर्षीय संजिप गिरीको पनि मृत्यु भएको प्रहरीले जनाएको छ । उनको बीएण्डसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको हो । 

मेची राजमार्गअन्तर्गत चारआली– चन्द्रगढी सडकखण्डको भद्रपुर नगरपालिका– १० स्थित हनुमान चोकमा बिहीवार राति ९ः५० बजे चारआलीबाट चन्द्रगढीतर्फ आउँदै गरेको प्रदेश १–०१–०१४ प ९९३ नम्बरको मोटरसाइकल र विपरित दिशातर्फ जाँदै गरेको मे ८ प २८३५ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएका थिए ।

दुर्घटनामा प्रदेश १–०१–०१४ प ९९३ नम्बरको मोटरसाइकल चालक भद्रपुर– १० केन्द्रमोडका २३ वर्षीय आलोक भण्डारीको मृत्यु भएको थियो । 

त्यस्तै सोही मोटरसाइकलको पछाडि सवार भद्रपुर नगरपालिका– १० का २४ वर्षीय बिपान्सु राउत र मे ८ प २८३५ नम्बरको मोटरसाइकल चालक भद्रपुर– ८ का २५ वर्षीय संजिप गिरी घाइते भएका थिए ।

राउत र गिरीको बीएण्डसी हस्पिटल बिर्तामोडमा उपचार भइरहेको थियो । घाइते राउत डिस्चार्ज भई घरतर्फ गएको डीएसपी चन्दले जानकारी दिए । दुवै सवारीसाधन जिल्ला प्रहरी कार्यालय झापाको नियन्त्रणमा रहेको छ ।