झापा । 

यस बर्षको बडादशैं अर्थात बिजयादशमीको टीकाको उत्तम साइट आज (शनिवार) बिहान ११ बजेर ३६ मिनेटमा रहेको छ । बडादशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमर लगाइँदैछ ।

यस वर्षको दशैंको टीकाको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले सूचना जारी गर्दै  जानकारीदिएको हो । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार बिहान ८ बजेर ३३ मिनेटमा देवी विसर्जन गरिने जनाइको हो । 

टीका लगाइ माग्ने व्यक्तिले पूर्व फर्किनुपर्ने समितिले जनाएको छ । असोज ३० गते कोजाग्रत पूर्णिमादेखि दशैं समापन हुने जनाइएको छ ।