झापा । 

झापाको भद्रपुर नगरपालिका वडा नम्बर १० हनुमान चोकमा गएराति भएको सवारी दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने तीन जना घाइते भएको छन् । 

चारआली चन्द्रगढी सडक खण्डमा चारआलीबाट चन्द्रगढीतर्फ गएराति अन्दाजी ९ः५० बजेको समयमा आउँदै गरेको प्रदेश १–०१–०१४ प ९९३ नम्बरको मोटरसाईकल र विपरित दिशाबाट जाँदै गरेको  मे ८ प २८३५ नम्बरको मोटरसाईकल एक–आपसमा ठक्किदा दुर्घटना भएको थियो । 

दुर्घटनामा घाइते भएका चार जना मध्ये प्रदेश १–०१–०१४ प ९९३ नम्वरको मोटरसाईकल चालक सोही स्थानका २४ बर्षिय आलोक भण्डारी गम्भीर घाईते भई ओमसाई अस्पताल भद्रपुरमा उपचारका लागि पठाईएकोमा पु¥याउन साथ चिकित्सकले चेकजाच मृत घोषणा गरेको गरेका थिए ।

प्रदेश १–०१–०१४ प ९९३ नम्वरको मोटरसाईकलमा पछाडि सवार  िभद्रपुर नगरपालिका–१० का २४ बर्षिय बिपान्सु राउतको शरिरको बिभन्न भागमा चोट ओमसाई पाथीभरा अस्पताल मध्यम अवस्थामा भद्रपुरमा उपचार भईरहेको छ । 

त्यस्तै मे ८ प २८३५ नम्बरको मोटरसाईकल चालक भद्रपुर–८ का २५ बर्षिय  संजिप गिरीको टाउको र शरिरको बिभिन्न भागमा चोट लागेको र गम्भीर अवस्थामा बीएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ भने पछाडी सवार रहेको घाईते बिपान्सु राउत बिर्तासिटी अस्पताल बिर्तामोड लगेकोमा भिडियो एक्सेको लागि बीएण्डसी अस्पताल गएको र उनको अवस्था सामान्य हुदै गएको प्रहरीले जनाएको छ । 

उक्त स्थानमा जिल्ला प्रहरी कार्यालय झापा प्रहरी टोली पुगेर दुबै मोटरसाईकल नियन्त्रणमा लिएर थप अनुशन्धान भइरहेको जनाइएको छ ।