बिर्तामोड । 

अन्तर्राष्ट्रिय झापाली समाजले झापाको बुदशान्ति गाउँपालिका–५ को स्वास्थ्य चौकी शान्तिनगरलाई एउटा एम्बुलेन्स प्रदान गरेको छ । स्वास्थ्य चौकी शान्तिनगर र अन्तर्राष्ट्रिय झापाली समाजको साझेदारीमा खरिद गरेको एम्बुलेन्स बिहीवार हस्तान्तरण गरिएको हो ।

प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसका महामन्त्री  विश्वप्रकाश शर्माको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा उक्त एम्बुलेन्स हस्तान्तरण गरिएको झापाली समाज कतारका सदस्य बिमल भारतीले जानकारी दिए । 

उक्त एम्बुलेन्सको चावी अन्तर्राष्ट्रिय झापाली समाजका अध्यक्ष मुकुन्द्र ढुङ्गानालगायका पदाधिकारीहरुले स्वास्थ्य चौकीका अब्यक्षलाई हस्तान्तरण गरेका थिए । 

बुद्धशान्ति–५ का वडाध्यक्ष तथा स्वास्थ्य चौकी ब्यवस्थापन समितिका अध्यक्ष डेगेन्द्र कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा कोशी प्रदेश पूर्व स्वास्थ्य मन्त्री निर्मला तावा लिम्बु, प्रदेश सांसद तिलचन पाठक (चिन्तन), नेपाली कांग्रेस झापा सभापति देउमान थेबे, बुद्धशान्ति गाउँपालिला अध्यक्ष मनोज प्रसाई, उपाध्यक्ष भवानीप्रसाद खतिवडा, प्रमुख प्रशासकीय अधिकृत बिनोद पोखरेल, निवर्तमान अध्यक्ष रमेशकुमार भुजेललगायतको आतिथ्य रहेको थियो । 

कार्यक्रममा शुभकामना मन्तव्य राख्ने बत्ताहरुले अन्तर्राष्ट्रिय झापाली समाजले गरेको सामाजिक कार्यको प्रशंसासमेत गरेका थिए ।