बिर्तामोड ।
चार वटा प्राबिधिक बिषय अध्यापन भइरहेको झापाको बिर्तामोड–२ को नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठान बहुप्राबिधिक शिक्षालयको आगामी योजना औषधी बिज्ञान बिषयलाई थप गर्ने रहेको संस्थाले जनाएको छ ।

शिक्षालयले बुधवार बिर्तामोडमा आयोजना गरेको बडादशैंको शुभकामना आदान–प्रदान कार्यक्रमका बिच आगामी योजना औषधी बिज्ञानलाई थप गर्ने रहेको खुलासा गरेको हो । कार्यक्रममा संस्थाका अध्यक्ष ज्योतिसिंह दर्लामीले संस्थाको आगामी योजना औषधि बिज्ञानलाई थप गर्ने रहेको बताएका हुन् ।
नेकपाका संस्थापक सदस्य नेता नरबहादुर कर्माचार्यको नाममा झापामा स्थापित शिक्षालय उत्साहजनक ढंगले सञ्चालन भइरहेको अवस्थामा कोरोना महामारीपछि देखिएको विश्व आर्थिक संकटका कारण केही आर्थिक समस्या भएपनि अवस्था सुधार हुँदै गएको अध्यक्ष दर्लामीले बताए । अध्यक्ष दर्लामीका अनुसार यसबिचमा संस्था बाहिर फैलिएका हल्लाहरु यथार्थमा गलत हुन् ।
उनले संस्थामा बिगतमा देखिएको ब्यक्ति केन्द्रित, जिम्मेवारीलाई अन्त्य गर्दै सामाजिक र ब्यवसायिक दृष्टिकोणबाट नयाँ तारिकाले अघि बढ्ने निर्णय भएको बताएका छन् । लगातारको आर्थिक संकट र अन्य चुनौतीहरुले समस्या सृजना गरेपनि संस्थाका सल्लाहकार, सामाजिक शैक्षिक ब्यक्तित्वहरुको सहयोग र सहभागीताका कारण संस्थामा उर्जा थपिएको अध्यक्ष दर्लामीको भनाई छ ।
‘हाल संस्थाको सम्पत्ति एक करोड ८३ लाख छ’ संस्थाका अध्यक्ष दर्लामीले भने ‘ऋण दायित्व ५३ लाख छ ।’ उनका अनुसार बिभिन्न पालिकाबाट अध्ययन गरिरहेका बिद्यार्थीहरु वापतको प्राप्त गर्नु पर्ने रकम ७० लाख छ । अहिले १८९ जना बिद्यार्थी अध्ययनरत रहेका छन् भने पहिलो चरणमा पास आउट भएका बिद्यार्थीहरुले कोशी प्रदेशमा उत्कृष्ट परिणाम ल्याउन सफल भएका छन् ।
उनले बिभिन्न चुनौतीका बाबजुत पनि यस शैक्षिक सत्रका बिद्यार्थी भर्ना प्रराम्भ गर्न पहिलो चरणको प्रवेश परिक्षा लिएको र आगामी दोस्रो र तेस्रो लिदै जाने बताए । संस्थाले उत्तरदायित्व नेतृत्व, सामाजिक योगदान, ब्यवसायिक बिकास, नविन प्रविधि र समुदायको सहभागीलाई जोड दिदै जानेसमेत उनले बताएका छन् ।
संस्थाका अध्यक्ष दर्लामीको अध्यक्षतामा भएको शुभकामना आदान–प्रदान कार्यक्रममा पूर्व मन्त्री तथा नेकपा (माओवादी केन्द्र) की केन्द्रिय सदस्य धर्मशीला चापागाँईको प्रमुख आतिथ्य रहेको थियो । शिक्षालयमा हाल पशु बिज्ञान, बालि बिज्ञान, बन बिज्ञान र होटल ब्यवस्थापन बिषय अध्यापन भइरहेको छ ।
कार्यक्रममा संस्थाका सल्लाहकार तथा माओवादी केन्द्रका केन्द्रिय सदस्य झलकसिंह दर्लामी, माओवादी केन्द्रकी केन्द्रिय सदस्य लक्ष्मी न्यौपाने (सरु), प्रदेश सांसद दुर्गा चापागाई, माओवादी केन्द्रका कोशी प्रदेश उपाध्यक्ष मणिकुमार साम्पाङ (बिजय), प्रदेश सदस्य हिक्मत घिमिरे, पुरुषोत्तम चुडाल (राजु), कुवेर श्रेष्ठ (अरुण), भूपाल सापकोटा, सिता सापकोटा, संस्थाका उपाध्यक्ष मोहन टुडु (सरोज), सह–सचिव शिवकुमार राजभण्डारी, श्याबीर लिम्बु, गोपाल प्रसाईलगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन शिक्षालयका पिन्सिपल देशु बनेमले गरेका थिए ।