कनकाई । 

 झापाको कनकाईबाट नियमित प्रकाशन हुँदै आएको कनकाई खबर सातौं वर्षमा प्रवेश गरेको छ । सातौ बर्ष प्रवेशको अवसरमा सहयोग गर्ने सवैलाई सम्पादक राम निरौलाले हार्दिक आभार ब्यक्त गरेका छन् । 

सम्पादक निरौलाले परिश्रम, लगाव र सल्लाह सुझावसहित मायाकै कारण संस्थाले यहाँसम्मको यात्रा तय गर्न सफल जनाएका छन् । उनले पाठकको माया, सद्भाव र समालोचनात्मक प्रतिक्रियाले सधैं उत्साहित बनाइ राख्ने ऊर्जा प्रदान गरेको बताएका छन् । 

 साप्ताहिकको रुपमा कनकाई खबर साप्ताहिक, डिजिटल रुपमा कनकाई खबर डटकम अनलाइन र बार्षिक रुपमा कनकाई खबर म्यागजिन, वार्षिक क्यालेण्डर प्रकाशन गरिरहेका बताइएको छ ।  पत्रिकालाई थप व्यवस्थित गर्दै पठनीय बनाउन सधैं प्रतिबद्ध रेहको सम्पादक निरौलाले बताएका छन् ।