हल्दीबारी। 

झापाको हल्दीबारी गाउँपालिका वडा न ४ को झडकन खोला उत्तरको बस्तिमा चोरी भएको छ । सोही स्थानकी तारा तामाङको घरमा आज (बुधवार) बिहान सुन चादीँ तथा नगद चोरी भएको छ । 

बिहान अन्दाजी ४ः३० बजेको समयमा छोरिलाई घरमा सुतिरहेको अवस्थामा घरमै छाडेर मासु किन्न बिर्तामोड गएको बेलामा घरमा चोरी गरेको पिडितले बताइन् । 

चोरीको सुचना पाउन साथ जलथल प्रहरी चौकीबाट खटिएका प्रहरी ताराको घर पुगेका थिए ।  तामाङको घरबाट एक तोला सुन ७ तोला चाँदी नगद १८ हजार सहित उनको स्व श्रीमानको नाममा  रहेको जग्गा धनिपुर्जा, नागरिकता र  मृत्यु दर्ता पनि चोरी भएको उनले बताइन् । चोरी गर्ने व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ ।