बिर्तामोड । 

एकपछि अर्को सामाजिक कार्यलाई निरन्तरता दिदै आएको सहयोगीमनहरु नेपालले झापाको दमक–३ गैरी गाउँमा एक बृद्ध दम्पतीलाई सहयोग गरेको छ । 

आर्थिक अवस्था एकदमै कमजोर भएका बृद्ध दम्पति दमक–३ गैरीगाउँका ७२ बर्षिय भोगटबहादुर धिमाल र बिलोयी धिमाललाई सहयोगी मनहरु नेपालले खाद्यन्न र भर्याङ प्रदान गरेको हो । 

सहयोगी मनहरुले मंगलबार उनीहरुको निवासमै पुगेर उक्त सामाग्री हस्तान्तरण गरेको संस्थाका सचिव बिष्णु उप्रेतीले जानकारी दिए ।

 सहयोगीमनहरु नेपालका अध्यक्ष भीमप्रसाद आचार्यले उनीहरुको अवस्था देखेपछि उनकै पहलमा चामल, दाल, तेल, नुन, मसलालगायतका खाद्यन्नसहित एउटा भर्याङ प्रदान गरिएको बताइएको छ । 

धिमाल दम्पतीहरुको घरमा पस्न निकै समस्या हुने गरेको अवस्थालाई मध्यनजर गर्दै उनीहरुको सहजताका लागि एउटा सखुजा जातको काठको भर्याङ पनि प्रदान गरिएको सचिव उप्रेतीले बताए । धिमाल दम्पतीको एउटा छोरा भएपनि बुबा–आमालाई हेर्ने नगरेको उनीहरुले बताएका छन् ।