बुट्टाबारी ।
स्वच्छ समाजका लागि सामाजिक अभियान झापाले झापाका दृष्टिबिहिनहरुलाई खाद्यान्न बितरण गरेको छ । नेत्रहीन संघ झापासँग आवद्ध झापाका दमक, गौरिगन्ज, सुरुङ्गा, भद्रपुर, बिर्तामोड, अर्जुनधारा लगायत विभिन्न स्थानका ८० जना सडकमा गाएर हिन्नेदेखि अन्य दृष्टिबिहिन तथा असहायहरुलाई ३० केजि चामल, दाल र खानेतेल बितरण गरेको हो ।
भर्खरै गएको बाढीपैरोले देशमा शोक र आर्थिक समस्याले दृष्टिबिहिनलाइ समेत दशैं मनाउन गाह्रो भएको बेला विभिन्न स्थानका सहगोगी हातहरु सहयोगी मन भएका ब्यक्तिहरुबाट सकलन गरि बितरण गरिएको अध्यक्ष सामाजिक अभियन्ता गणेश ढुंगानाले बताएका छन्।
अभियानले टुटे फुटेका सिसा प्लास्टिकलगायत सकलन गरि आएको रकम र दाताहरूले एकधुर एक ब्यक्ति सहयोग अन्तर्गत प्राप्त रकमले अर्जुनधारा ११ सालबारीमा २ कठ्ठा ७ धुर जमिन खरिद गरि दृष्टिबिहिन बस्ने घर निर्माण गरिरहेको छ । अभियानमा जोडिन र सहयोग गर्न डुङ्गानाले सवैमा आग्रहसमेत गरेका छन् ।
कार्यक्रममा दृष्टिबिहिनहरुलाई दशैंको मुखमा खाद्यान्न सहयोग गर्नु र उनिहरुका लागि आवास निर्माण गर्दै गरेकोले समयानुकूल आफुले पनि उचित सहयोग गर्ने र उनिहरुलाइ मागेर खाने भन्दा पनि कुनै सीप सिकाइ गरिखाने बनाउन उचित हुने बिशिस्ट अतिथि बीएण्डसी हस्पिटल एवम् मेडिकल कलेजका संचालक एवम् सामाजिक ब्यक्तित्व दुर्गा प्रसाईं बताए थिए । त्यसैगरि कार्यक्रम प्रमुख अतिथि कोशी प्रदेश सदस्य चिन्तन पाठक, वडाध्यक्ष खगेन्द्र इङ्गनाम, जनप्रतिनिधि सुसिला गिरी, शिक्षासेवि हस्त परियार, बन्दी सहायता नेपाल पुर्वान्चल अध्यक्ष जगतबहादुर मगर, सामाजिक ब्याक्तित्व दाताराम तिम्सिना, गायक मातृका सग्रौला, बीरबहादुर राइ, सल्लाहकार बोलप्रसाद कोइराला, गोपिचन्द्र खरेल, नरेन्द्र खड्का, बाबुराम श्रेष्ठ, अमित श्रीवास्तव, बिकि चौधरी, डिल्ली लक्की घिशिङ्ग, लक्ष्मी श्रेष्ठ, महासचिव मोहन योगि, शान्ता गजेन्द्र जबेगु, शोनी अग्रवाल, उषा प्रसाईं, जीवन बिश्वकर्मा, सन्चारकर्मी भाग्य न्यौपाने लगायतले सहयोगसँगै बिजय दशमी र छडपर्बको समेत सम्पूर्ण दृष्टिबिहिन र नेपालीहरुमा सुख शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका थिए ।
अभियानका अध्यक्ष सामाजिक अभियन्ता गणेश ढुंगानाको अध्यक्षतामा सञ्चालित कार्यक्रममा औचित्य एवम् स्वागत उपाध्यक्ष सामाजिक ब्याक्तित्व शेरबहादुर थापाले गरेका थिए भने कार्यक्रमको सहजीकरण सचिव अभिचन्द्र बास्कोटाले गरेका थिए ।