झापा । 

खोटाङ–हलेसी पुरी बन्धु समाजको दोस्रो बार्षिक साधारणसभामा छ जना सम्मानीत भएका छन् । पुरी समाजको शनिवार बासवारीस्थित काठमाडौंमा भएको साधारणसभाले समाजका लागि योगदान गर्ने हरुलाई सम्मान गरेको हो । 

पुरी बन्धु सामाजकी जेष्ठ नागरिक नीरमाया पुरी, डम्बर पुरी, पद्माकुमारी पुरी, चित्रकला पुरीसहित नेपाल दशनामी समाजका केन्द्रिय उपाध्यक्ष हिमाल गिरी र रिद्धनाथी गिरी समाजका अध्यक्ष तीलकराम गिरीलाई सम्मान गरिएको हो ।  

puri

सोही कार्यक्रमकाबिच पुरी बन्धु समाजका अध्यक्ष सरोज पुरीको अध्यक्षतामा भएको कार्यक्रममा बडादशैं, तिहार, छर्व पर्व, नेपाल सम्वत्लगायतका नेपालीहरुको चाडवाडको समेत शुभामना आदान–प्रदान गरिएको सचिव कृष्णप्रसाद पुरीले जानकारी दिए । 

कार्यक्रममा नेपाल दशनामी समाजका केन्द्रिय उपाध्यक्ष हिमाल गिरीको प्रमुख आतिथ्य रहेको थियो भने रद्धनाथी गिरी समाजका अध्यक्ष तीलकराम गिरीको बिशिष्ठ आतिथ्य रहेको थियो । स्वागत  समाजकी बरिष्ठ उपाध्यक्ष शर्मिला पन्त पुरीले गरेको कार्यक्रमको सञ्चालन सचिव कृष्णप्रसाद पुरीले गरेका थिए ।

साधारणसभामा समाजको आर्थिक प्रतिवेदन कोषाध्यक्ष प्रकाश पुरीले प्रस्तुत गरेका थिए भने सांगठानिक प्रतिवेदन सचिव कृष्णप्रसाद पु्रीले प्रस्तुत गरेका थिए । 

कार्यक्रममा कमला पुरी, डम्बर पुरी, शम्भू पुरी, अम्रित पुरी, महेश पुरी, भुमिराज पुरी, प्रमुख अतिथि हिमाल गिरी, बिशिष्ठ अतिथि तीलकराम गिरीलगायतले शुभकामना मन्तव्य राखेका थिए । 

puri bandhu