बिर्तामोड । 

 जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले  बिर्तामोडका मुख्य ठाउँहरुमा जेब्रा क्रसिङ निर्माण गरेको छ । बिर्तामोड नगरपालिकाको आर्थिक सहयोगमा विभिन्न  स्थानमा जेब्रा क्रसिङ निर्माण गरेको जिल्ला ट्राफिक प्रहरी प्रमुख निरीक्षक गणेश पौडेलले जानकारी दिए ।

उनका अनुसार मुक्तिचोक वरीपरी, भाटभटेनी सुपर मार्केट अगाडि र मोहनमाया माध्यमिक विद्यालय अगाडि गरेर ९ वटा जेब्रा क्रसिङ निर्माण गरिएको छ ।

यस अघि निर्माण गरिएका जेब्रा क्रसिङको रङ खुइलिएर देखिनै छाडेपछि यात्रुलाई सहज बनाउने उदेश्यले जेब्रा क्रसिङ निर्माण गरेको बिर्तामोड नगरपालिकाका कार्यवाहक नगर प्रमुख नगेन्द्रप्रसाद संग्रौलाले बताए । 

वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सई) अर्जुनप्रसाद सोडारीले स्थानिय विभिन्न संघ संस्थाको सहयोगमा अन्य स्थानमा पनि जेब्रा क्रसिङ निर्माण गरिने जानकारी दिए ।