बिर्तामोड ।

अग्रवाल समाजका कुल प्रवर्तक  श्री अग्रसेन महाराजाको  ५१४८ औ  अग्रसेन जयन्तीका अवसरमा  शुक्रवार साँझ बिर्तामोडको मुक्तिचोकमा  दीप प्रज्वलन गरिएको छ ।  

अग्रसेन भवन बिर्तामोडको आयोजनामा अग्रसेन जयन्तीका अवसरमा दुई  दिने कार्यक्रम संचालन गरिएको हो ।  पहिलो दिन गरिएको दीप प्रज्वलनको अग्रसेन भवनका अध्यक्ष  सुरेशकुमार अग्रवाल ‘भद्रपुरे’ले शुभारम्भ गरेका थिए । 

कार्यक्रममा अग्रसेन भवनका  अन्य पदाधिकारी तथा सदस्यहरुको पनि सहभागिता रहेको थियो । दोस्रो दिन शनिवार बिर्तामोडको एक किलोमिटरमा रहेको  वृद्धाश्रमका वृद्धवृद्धाहरुलाई  भोजन गराउने कार्यक्रम रहेको अध्यक्ष भद्रपुरेले जानकारी दिएका छन् ।