झापा । 

मेची नदीले बगाएर बेपत्ता भएकी एकजना महिलाको शव भेटिएको छ । हिजो दिउँसो २ बजेतिर खोला तर्ने क्रममा भारतपट्टी मेची नदीले बगाउँदा बेपत्ता भएकी मेचीनगर–७ गैरीगाउँ बस्ने भुवन खरेलकी श्रीमती अन्दाजी ३५ वर्षीया हिमा पोखरेल खरेलको शव आज बिहान ३ः३० बजेतिर भारतपट्टी नै भेटिएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डीएसपी मिमकुमार लामाले बताए ।

उनले भारतको खोरीवारी थानाबाट आएको प्रहरी टोलीले मुचुल्का तयार गरी शवलाई पोस्टमार्टमको लागि सिलिगुडी पठाएको जानकारी दिए ।

भारतीय प्रहरीसंग समन्वय गरी हिजोदेखि उनको खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।