झापा ।

अघिल्लो साता आएको बाढीपहिरामा परेर हालसम्म दुई सय ३९ जनाको मृत्यु भएको छ भने १८ जना बेपत्ता छन् । अन्य एक सय ७८ जना घाइते भएको गृह मन्त्रालयले जनाएको छ।

 हालसम्म बाढीपहिरो प्रभावित क्षेत्रबाट १७ हजार एक सय २० जनाको उद्धार गरिएको छ भने  सहायता परिचालन र अवरुद्ध राजमार्गको मर्मत गरी यातायात सञ्चालन गर्न अथक प्रयास भइरहेको मन्त्रालयले जनाएको छ । 

अविरल बर्षासँगै आएको वाढी पहिरो र डुवानका कारण देशभरको जनजीवन प्रभावित भएको थियो । अझै पनि कतिपय सडक मर्मत भइसकेका छैनन र ती स्थानहरुमा सडक खुलाउने प्रयास भइरहेको बताइएको छ ।