कालीस्थान  । 

श्री भद्रकाली कीर्तन मण्डली अर्जुनधारा–९ र १० ले  मासिक सत्सङ्ग एवं सम्मान कार्यक्रम सम्पन्न गरेको छ । घटस्थापनाको अवसर पारेर कालिकापीठ कालीस्थानमा एक समारोह आयोजना गर्दै मासिक सत्सङ्ग एवं सम्मान कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै कालिका संस्कृत विद्यापीठका प्राचार्य आ। रघुनाथ रिजालले भगवानको नाम संकीर्तनले कलियुगमा  सिद्धी प्राप्त हुने बताए।

सत्य, त्रेता, द्वापर युगमा ध्यान, योग, यज्ञमार्फत गरिने पूजा–उपासनाबाट सिद्ध एवं योगी र तपस्वी पुरुषहरुले प्राप्त गरेको सिद्धी कलियुगमा भगवानको नाम संकीर्तनबाट प्राप्त हुने कुरा विभिन्न धर्मशास्त्रहरुको उल्लेख रहेको प्राचार्य रिजालले बताए ।

विभिन्न ८ बढी कीर्तन समूह आबद्ध रहेको ॐकार कीर्तन मण्डलीको संयोजन र आबद्ध कीर्तन मण्डलीहरुको आयोजनामा हुने मासिक सत्सङ्ग कार्यक्रमका बीच भद्रकाली कीर्तन मण्डलीलाई सहयोग पु¥याउने झापा धुलाबारी निवासी समाजसेवी कल्याण खड्का र पवित्रा खड्कालाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

विष्णुमाया कडरियाको सभापतित्वमा सम्पन्न कार्यक्रममा विशिष्ट अतिथि इन्दु पूर्वेली, विभिन्न कीर्तन मण्डलीका अध्यक्ष एवं प्रतिनिधिहरुले शुभकामना मन्तब्य एवं भगवानको नाम संकीर्तन गरेका थिए । रेणु बस्नेतले स्वागतगरेको कार्यक्रमको सञ्चालन राजु पौडेलले गरेका थिए ।