बिर्तामोड । 

बिर्तामोड उद्योग वाणिज्य संघले विजया दशमीको अवसर पारेर नव निर्मित बैठक कक्षको उद्घाटन गरेको छ । १५ लाख रुपैयाँको लागतमा तयार गरिएको बैठक कक्षको बिर्तामोड नगरप्रमुख पवित्रा देवी महतारा प्रसाईले रिवन काटेर उद्घाटन गरिन् । 

बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत वाणिज्य उपाध्यक्ष जीवन कुमार खड्काले गरेका थिए ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी वन्धु प्रसाद वास्तोला सहित व्यवसायीहरु मोहन ढकाल, मोहन मित्तल, राप्रपा नेतृ रञ्जु प्याकुरेल लगायतले शुभकामना दिएका थिए । कार्यक्रमको सञ्चालन संघका महासचिव कुशल खतिवडाले गरेका थिए ।