मोरङ।

मोरङको बेलबारी नगरपालिका–३ स्थित पूर्व–पश्चिम लोकमार्गमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मंगलबार साँझ पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको  ना. २ ख १४९० नम्बरको बस र बिपरित दिशाबाट आउँदै गरेको प्रदेश १–०२–००१ ज ४२७७ नम्बरको सुमो गाडी आपसमा ठक्कर लागेर दुर्घटना भएको थियो । 

दुर्घटनमा सोमुका चालक बेलबारी नगरपालिका–९ का ३५ बर्षीय कृष्ण थापा गम्भिर घाइते भएका थिए । घाइते उनलाई उपचारको लागि  न्युरो  अस्पताल बिराटनगर लैजाने क्रममा बाटैमा नै उनको मृत्यु भएको हो ।

घटना सम्वन्धमा इलाका प्रहरी कार्यालय बेलबारीबाट थप अनुसन्धान तथा कानुनि कारवाही भईरहेको प्रहरीले जनाएको छ ।