झापा ।

झापाको गौरीगञ्ज गाउँपालिका–३ का ३६ बर्षीय राम कुमार गिरीको  करेन्ट लगाएर माछा मार्ने क्रममा मृत्यु भएको छ ।

मंगलबार घर नजिकै रहेको भान्द्रा खोलामा माछा मार्न  पानी तान्ने मोटरको तार खोलेर खोलामा लगाउदा करेन्ट लागेर घाईते भएका गिरीलाई उपचारको क्रममा मृत्यु भएको हो । 

करेन्ट लागेर घाइते गिरीको लाईफ लाइन अस्पताल दमक लैजाने क्रममा बाटैमा नै मृत्यु भएको हो । घटना सम्वन्धमा जिल्ला प्रहरी कार्यालय झापाबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।