विराटनगर।

मोरङ, सुनसरी र उदयपुर जिल्लाको तीन छुट्टा छुट्टै स्थानहरुबाट प्रतिबन्धित लागू औषधसहित छ जनालाई प्रहरीले पक्राउ गरेको छ । विराटनगर महानगरपालिका–१५ मा भारतबाट नेपालतर्फ आउँदै गरेका मोरङ सुन्दर हरैँचा नगरपालिका–४ का २१ बर्षीय बिवेक ऋषिदेवलाई लागू औषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरीको टोलीले  Nitrazepam Tablet-१०० चक्कीसहित नियन्त्रणमा लिएको छ । 

यसैगरी प्रहरी चौकी लालपत्ता उदयपुरबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले लहानबाट गाईघाटतर्फ आउँदै गरेको प्र २–०३–००१ ज ०११४ को विङगरलाई चेकजाँच गर्दा गाडीमा सवार त्रियुगा नगरपालिका–१० का २० बर्षीय संगम भुजेल र २२ बर्षीय संगम राईको साथबाट २७ एम्पुल प्रतिवन्धित लागू औषधसहित नियन्त्रणमा लिएको छ ।

त्यस्तै बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय रामधुनिबाट खटिएको प्रहरी टोलीले रामधुनी–५ का २६ बर्षीय राज भुजेल, इटहरी–१८ का २५ बर्षीय संदिप राई र बराहक्षेत्र–६ का २९ बर्षीय सन्देश राई समेतलाई स्पासरेस्ट ३०७ क्याप्सुल, ट्रामाडोल–३८ क्याप्सुल, डिकोलिक–१३ क्याप्सुलसहित नियन्त्रणमा लिएको हो । प्रतिबन्धित लागू औषधसहित पक्राउ परेका उनीहरुको सम्बन्धित कार्यालयहरुबाट थप अनुसन्धान भरहेको कोशी प्रदेश प्रहरी कार्यालय जनाएको छ ।